Bal-Umang

Bal-Umang

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन

काठमाडाैँ – बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दिउँसो उद्घाटन भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर उद्घाटन गरे ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो । परियोजनाको लागत करिब चार अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार