Bal-Umang

Bal-Umang

पहिचानको मुद्दा समाजवादी पार्टीले मात्र बाेकेकाे छ : उपेन्द्र यादव

सुनसरी । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानको मुद्दा हाम्राे पार्टीले मात्र बाेकेकाे बताएका छन्। उनले आफूले नेतृत्व गरेको पार्टी मुलुकको बैकल्पिक शक्ति भएको समेत बताए।

समाजवादी पार्टी सुनसरीको धरानमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै स्वास्थ्य तथा उप्रधानमन्त्रीसमेत रहेका यादवले समाजवादी पार्टी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसपछि तेस्रो शक्ति भएको बताए ।

यादवले नेकपा र कांग्रेसले समाजमा पछि पारिएका समुदायको मुद्दा नबोकेकाले अब ती दलहरु बिस्तारै पछि पर्दै जाने दाबी गरे । उनले ती मुद्दासहित पहिचानको गतिलो मुद्दा समाजवादीले मात्र बोकेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार