Bal-Umang

Bal-Umang

सीएमसीपीडित संघर्ष समितिले प्रदर्शन थालेपछि अनिश्चिकालिन निषेधित क्षेत्र घाेषणा

काठमाडाैँ – सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले प्रदर्शन गर्दै मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेपछि त्यस क्षेत्रमा अनिश्चितकालिन  निषेधित क्षेत्र घोषणा गरिएको छ।

जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३९क० बमोजिम आजदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ।

त्यस्तै अम्बाथान साईडमा पूर्व – सामसदायिक वन, पश्चिम– मेलम्ची खोलाको पहरो, उत्तर पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब् खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपहा्रन्न ५ बजेसम्म र भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

मेलम्ची खानेपानी सार्ईडमा पूर्वमा ईन्द्रवति खोलाको बगर पश्चिम श्री नं। २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालवेशी चोक २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपहा्रन्न ५ बजेसम्म र भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

ग्याल्थुम सुरुङ प्र्व भुसुने पाखो, पश्चिम ग्याल्थुम खोला, उत्तर लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

र, ग्यालथुम सुरुङ जाने बाटोमा पूर्व थापाटोल लाभ गाउँ, पश्चिम साल्मेचोक, उत्तर चिलौने बस्ती र दक्षिण सन्धिुखोला २०० देखि ५०० मिटर भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार