Bal-Umang

Bal-Umang

किन पुगे रवि लामिछाने उच्च अदालत?

काठमाडौं – न्युज २४ का टेलिभिजनका कार्यक्रम प्रस्ताेता पत्रकार रवि लामिछानेले र  युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध लामिछाने र कँडेलले पाटन उच्च अदालत हेटौंडा इजलाशमा रिट दायर गरेका हुन् । उच्च अदालत पाटको हेटौंडा इजलाशका प्रवक्ता अमृत घिमिरेले रवि र कँडेलका तर्फबाट चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावलोकन रिट निवेदन दर्ता भएको बताए ।

आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो ।
अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्‍च अदालत हेटौंडा इजलासले जनाएको छ ।

हेटौंडा इजलाशका प्रवक्ता घिमिरेका अनुसारलामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार