Bal-Umang

Bal-Umang

एटीएम ह्याक प्रकरण : चिनियाँ गिरोहका थप एक सदस्य तथा ३ नेपाली पनि पक्राउ

काठमाडौँ — एटीएम ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका पैसा चोेरेको आरोपमा चिनियाँ गिरोहका थप एक सदस्य तथा ३ नेपाली पनि पक्राउ परेका छन्।

अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना र ठमेल क्षेत्रबाट ३ जना नेपाली पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका अनुसार चिनियाँ मुलका फ्रेन्च नागरिक सू लुस्लीलाई आइतबार राति चीन जान लागेको अवस्थामा विमानस्थलबाट पक्राउ गरेको हो भने अन्य ३ जना नेपालीलाई भने आज नियन्त्रणमा लिइएको हो।

आइतबार साँझ पक्राउ परेका फ्रेन्च नागरिक एटीएम प्रणाली ह्याक गर्ने गिरोहकै सदस्य हुन्। पक्राउ परेका नेपालीहरु देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र रेवत दवाडीले चोरीको रकम डलरमा साट्न मद्दत गरेको देखिएको छ।

शनिबार प्रहरीले प्रक्राउ गर्ने क्रममा तीन जना चीनियाँहरु ३० लाख रुपैयाँ लिएर भागेका थिए। उनीहरु ठमेलको सञ्चय कोष भवन नजिकै रहेको डेस्सो मनि एक्सचेञ्जमा पुगेर रकम साटेका थिए। डेस्सोमा रहेको डलर अपुग भएपछि सो मनि एक्सचेञ्जका संचालकले नेपालय मनि एक्सचेञ्जमा गएर डलर ल्याएका थिए। लामिछानेले डेस्सो र श्रेष्ठले नेपालय मनि एक्सचेञ्ज सञ्चालन गरेका छन्। दबाडी नेपालय मनि एक्सचेञ्जका प्रवन्धक हुन्।

एटीएमबाट रकम चोरी गरेको आरोपमा शनिबार प्रहरीले ५ चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको थियो। चोरीमा संलग्न अन्य दुई चिनियाँ फरार छन्। प्रहरीले पक्राउ परेका चिनियाँको साथबाट १ करोड २६ लाख रुपैयाँ मात्र बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार