Bal-Umang

Bal-Umang

समाजवादी पार्टीको प्रदेश ३ नेतृत्वमा स्याङ्तान

काठमाडाैँ – समाजवादी पार्टीको प्रदेश ३ नेतृत्वमा सोनामसिं स्याङ्तान छानिएका छन् भने मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् ।
समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले अायाेजना गरेकाे कार्यक्रममा नेतृत्व हेरफेर भएकाे हाे।

यसैगरी नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्य, ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङ चयन भएका छन् ।

त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पा चयन भएका छन् । शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव चयन भएका छन् भने समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार