Bal-Umang

Bal-Umang

‘पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेका छन्’

ललितपुर । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको उनले बताए ।

समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘‘सत्तरी वर्षभन्दा पुरानो कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ’ उनले भने, ‘त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’

‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार