Bal-Umang

Bal-Umang

‘राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसैले गाई मारेर देखायो पाखण्ड’

ललितपुर । समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरेका छन् । उनले गाई र राजा बोकेर हिंड्ने राप्रपाकाे यस्ताे पाखण्ड देखेर जाे काेही अाश्चर्यमा पर्न सक्छ।

समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार