Bal-Umang

Bal-Umang

‘मलेसियाका पूर्वउपप्रधानमन्त्री भ्रष्टाचार आरोपमा जेल जाने नेपालमा केही नहुने’

काठमाडौँ –  संघीय संसदको प्रतिनिधिसभा बैठकमा  सांसद नवराज सिलवालले मलेसियाका एक सांसदले विसं २०७० देखि २०७५ सम्म वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारसँग नेपाल र मलेसिया सरकारका उच्च अधिकारीको मिलेमतोमा अनधिकृत रुपमा अर्बौं रुपैयाँ उठाएको भन्ने विषयमा नेपाल सरकारले किन छानबिन नगरेको भन्ने जिज्ञासा इमेलमार्फत राखिएको जानकारी गराए।

नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी हुनुभन्दा अगाडि दुवै मुलुकका उच्च अधिकारीबीचको मिलेमतोमा नेपाली कामदारमाथि आर्थिक शोषण गर्नेगरी भिएलएन भन्ने संस्था खडा गरिएको भन्ने व्यहोरासहितको पत्र प्राप्त भएको उनले बताए।

मलेसियामा भिएलएन प्रक्रियामा संलग्न भएको आरोपमा उच्च राजनीतिक नेतृत्वमाथि कारवाही भएको तर नेपालमा कोही कसैमाथि पनि अनुसन्धान नभएको भन्दै उनले यस घटनाले अन्र्तराष्ट्रियस्तरमा नेपालको छवि नराम्रो भएको टिप्पणी गरे।

उनले घटनामा संलग्न उच्चपदस्थ अधिकारी र ती अधिकारीलाई संरक्षण गर्ने राजनीतिक व्यक्तिमाथि तत्काल छानबिन गरी कारवाही गर्न माग गरे।

सो घटनामा संलग्न भएको आरोपमा मलेसियाका पूर्वउपप्रधानमन्त्रीलाई भ्रष्टाचार गत असार ९ गते मलेसिया सरकारले नियन्त्रणमा लिइसकेको छ। नेपाल सरकारले पनि २०७५ जेठमा मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा चर्को शुल्क असुलिएको भन्दै भिएलएनलगायत संस्था खारेज गरी कामदार पठाउन रोक लगाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार