Bal-Umang

Bal-Umang

विद्युत आपूर्ति नियमित गर्न सांसद भुषालकाे माग

काठमाडौँ – संघीय संसदको प्रतिनिधिसभा बैठकमा विद्युत आपूर्ति नियमित गर्नुपर्ने माग उठेको छ। विद्युतभार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत शहरी क्षेत्रमा अघोषित रुपमा विद्युत् कटौती भइरहेकामा सांसदहरुले प्रश्न उठाएका छन्।

बैठकको विशेष समयमा सत्तारूढ दलकै सांसद पम्फा भुसालले बिनासूचना विद्युत काटिँदा जनजीवन प्रभावित भएको भन्दै पटकपटक बत्ती जाने समस्या समाधान गरी विद्युत् आपूर्ति नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

उनले अनियमित रुपमा के कारणले विद्युत काटिने गरेको छ भन्ने प्रश्न गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताइन्। नेपालमा जलविद्युतको ठूलो सम्भावना भए पनि अझै बिजुलीको मूल्य महँगो छ भन्दै उनले जलविद्युत आयोजना सरकार आफैँले उत्पादन र वितरण गर्नुपर्ने बताइन्।

उनले सस्तो लागतमा बन्ने बिजुलीका आयोजना निर्माण शुरु गरी जनतालाई सस्तोभन्दा सस्तो दरमा बिजुली उपलब्ध गराउन माग गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार