Bal-Umang

Bal-Umang

घुमुवा प्रहरीले आतंक मच्चाएपछि कानुनमन्त्रीलाई ज्ञापन पत्र

सादा पोशाकमा खटिने घुमुवा प्रहरीले आतंक मच्चाएको आरोप व्यापारीहरूले लगाएका छन्। ऐन कानुनविपरीत व्यापारिक प्रतिष्ठानहरूमा पुगेर अनुगमनको नाउँमा तर्साउने र धम्काउने कार्य गरिरहेको आरोप उनीहरुको छ।

साेही क्रममा जनकपुरधामका घुमुवा प्रहरीको व्यवहारबाट आजित भएको भन्दै उनीहरुले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका छन्।

जनकपुर प्रदेशको राजधानी भएपछि आफूहरु उत्साहित भए पनि पछिल्लो समय प्रहरी प्रशासन र भन्सारबाट अनुगमन तथा निरीक्षणको नाममा व्यापारीहरूलाई तर्साउने कार्य भइरहेको उनीहरुको भनाइ छ । बिना कारण पसलमा छिरेर सादा पोशाकका प्रहरीले धम्क्याउने गरेका कारण व्यापार व्यवसाय बन्द गर्ने अवस्था भइसकेको धनुषा चेम्बर्स अफ कमर्सका अध्यक्ष विजयकुमार साहले बताए ।

आन्दोलनताका यहाँका व्यापारीहरूले बेहोरेको आर्थिक क्षति अझै पूरा हुन सकेको छैन,’ उनले भने, ‘६ महिनासम्म चलेको आन्दोलनबाट भएको क्षति पूरा नभएका बेला तीन तहको सरकारको उच्च कर, बैंकको चर्को ब्याज तिर्नुपरेको छ । खास गरेर प्रदेश प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीले जनकपुरधाम बजार क्षेत्रभित्र आतंक मचाएको उनले बताए ।

‘मालसमानको भ्याट बिल हुँदासमेत प्रदेश प्रहरी कार्यालयबाट खटेका घुमुवा प्रहरीले अनावश्यक पैसा माग्ने र नदिएको खण्डमा मालसमान नै नियन्त्रणमा लिई भन्सारलाई बुझाउने गरेका छन् । प्रहरीबाट हुने कानुनविपरीतका क्रियाकलापले जनकपुरधामका व्यवसायीहरू सास्ती झेल्न बाध्य भएको भन्दै मन्त्री यादवलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘प्रहरीको ज्यादतीपूर्ण व्यवहारले व्यापार व्यवसायको वातावरण धराशायी बनेको छ।

बढ्दै गएको व्यापार मन्दीले धरासायी हुँदै गएको व्यवसायलाई माथि उकास्नुको सट्टा राज्यकै निकायबाट भइरहेको यस्ता गैरकानुनी कार्यको हामी भत्र्सना गर्दछौं ।’ पैसा माग्ने, व्यवसायीलाई तर्साउनेजस्ता प्रहरी गतिविधि बन्द गर्न माग गर्दै कमर्सले यस्ता कार्यहरू तत्काल बन्द नभए आफूहरु पसलमा ताल्चा लगाई प्रदेश सरकारलाई साचो बुझाउन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार