Bal-Umang

Bal-Umang

‘अधिकार प्राप्तीको आन्दोलनसँगै प्राप्त अधिकारको रक्षा गर्नुपर्ने बेला आयो’

काठमाडाैँ  – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तीको आन्दोलनसँगै प्राप्त अधिकारको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । उनले संघीयता र गणतन्त्रलाई समाप्त पारेर पुरानै व्यवस्थामा लैजानेहरुको सक्रियता बढेको बताए । वीरगञ्जमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले संघीयता र गणतन्त्रमा चारैतिरबाट ग्रहण लागि रहेको जिकिर गरे।

‘अहिले संघीयता र गणतन्त्रलाई कमजोर पार्नेहरु सक्रिय भइरहेका छन्, उनीहरु पुरानै व्यवस्थामा फर्कन खोज्दैछन्, कतै गाडी दुर्घटना हुँदा पनि, कसैले पकेट मा¥यो भने पनि गणतन्त्रलाई दोष दिइन्छ ।’ उनले भने, ‘अब प्राप्त उपलब्धीको रक्षा, बाँकी हक अधिकार प्राप्तीको आन्दोलनसँगै विकासलाई अघि बढाउनुपर्छ ।’

मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रमा जानु, राजतन्त्रको अन्त्य हुनु, तीन तहको सरकार बन्नु युगान्तकारी परिवर्तन भएपनि अझै मधेसी जनतामाथि भेदभाव, महिलामाथि विभेद, आदिवासी, जनजाति मुस्लिम पछाडी परेका वर्गमाथि शोषण कायमै रहेकोले त्यसको अन्त्यका लागि आफूहरु लागि परेको उनले बताए ।

आफूले हरेक गाउँमा एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, शहरमा दोस्रो श्रेणीको अस्पताल र महानगरमा विशिष्टीकृत सेवासहितको टर्सरी अस्पताल होस् भनेर काम सुरु गरेको मन्त्री यादवले बताए । ‘भौतिक संरचनाको निर्माण मात्रै विकास होइन, मानवीय चेतनाको साथै कला सँस्कृतिको पनि विकास हुनुपर्छ ।’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार