Bal-Umang

Bal-Umang

सङ्घीय समाजवादी शिल्पी र दलित शक्ति नेपाल बीच समायाेजन

काठमाडाैँ – सङ्घीय समाजवादी शिल्पी महासंघ र दलित शक्ति नेपाल बीच समायाेजन भई निर्मित समाजवादी दलित मुक्ति महासंघकाे एेतिहासिक घाेषणा सभा सम्पन्न भएकाे छ । तत्कालिन सङ्घीय समाजवादी फाेरम, नेपाल सम्वद्ध सङ्घीय समाजवादी शिल्पी महासंघ र नयाँ शक्ति नेपालसंग सम्वद्ध दलित शक्ति नेपाल क्रियाशिल रहेका थिए ।

उक्त समायाेजन कार्यक्रमलाई समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष, पूर्व प्रधानमन्त्री मा. डा. बावुराम भट्टराई र केन्द्रीय अध्यक्ष तथ नेपाल सरकारका उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. उपेनद्र यादवले संयुक्त रुपमा समाजवादी दलित मुक्ति महासंघकाे व्यानर सार्वजनिक गरी घाेषणा गर्नुभयाे । महासंघका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय अध्यक्ष तथ नेपाल सरकारका उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. उपेनद्र यादवले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनु भएकाे थियाे ।

कार्यक्रममा दुवै नेताहरुका साथै उपाध्यक्ष रकम चेमजाेङ, हिसिला यमी, उपमहासचिव क्रमश: डम्वर खतिवडा, दान वहादुर वि. क., सचिव दुर्गा साेव, राष्ट्रिय सभाका सदस्य मा. रामपृत पासवनले विचार राख्नु भएकाे थियाे । महासंघका इन्चार्ज डि.वि. नेपालीले समाजवादी दलित मुक्ति महासंघका पदाधिकरी तथा सदस्यहरुकाे नाम सार्वजनिक गर्नु भएकाे थियाे ।

यसै गरी स्वागत मन्तव्य कमला हेमचुरीले गर्नु भयाे । समायाेजन कार्यदलका संयाेजक राम नेपालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम खिम वहादर विश्वकर्माले सन्चालन गर्नु भएकाे थियाे । यहाँकाे उपस्थितिकाे लागि सादार अनुराेध गर्दछु । कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न तहबाट भुमिका निर्वाह गर्ने सवै सवैमा हार्दिक धन्यवाद अर्पण गर्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार