Bal-Umang

Bal-Umang

पुडासैनी आत्महत्या प्रकरणमा मेयर रेनुले निकालिन् यस्तो विज्ञप्ति

काठमाडाैँ – भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा  ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्दै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी छन् ।

दाहालले विहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद विषय हो । अस्भाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार