Bal-Umang

Bal-Umang

भूकम्पपछि पुननिर्माणका लागि बल्ल भारतद्वारा नेपाललाई सवा तीन अर्ब

काठमाडाैँ – भूकम्पपछि पुननिर्माणका लागि बल्ल भारतले नेपाललाई सवा तीन अर्वको चेक हस्तान्तरण गरेको छ । विदेश मन्त्री एस जयशंकरले नेपालमा अायाेजित मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अाएकाे बेला उक्त चेक हस्तान्तरण गरिएकाे हाे।

भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । भूकम्पपछि क्षतिग्रस्त संरचना पुनर्निमाण गर्न र हुलाकी मार्ग निर्माणका लागि भारतले तीन अर्व २६ करोड ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार र हुलाकी राजमार्ग निर्माण गर्न ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिइएको छ । यी दुवै रकम भारतले यसअघि नै प्रतिबद्धता जनाएको रकम हो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् । जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार