Bal-Umang

Bal-Umang

रवि लामिछानेसहित तीन जनामाथि थप अनुसन्धान, फेरि ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि छानविनका लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनामाथि थप अनुसन्धाना भएकाे छ। जसकाे लागि उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

मंगलबार अदालतले लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता भन्ने रूकु कार्कीलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित तीन जनामाथि अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य प्रमाण म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेपछि अदालतले ५ दिनको म्याद मात्र थप गरेको हो। चितवनका जिल्ला न्यायाधीश केशव अधिकारीको इजलासमा भएको बहसपछि म्याद थपिएको हो। गत शुक्रबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार