Bal-Umang

Bal-Umang

‘एकताको गरेर सही अभियान थाल्दा बदमासहरुले जनतामा भ्रम छरेर बाँधा पुर्याउन खोजे’

झुम्का । सत्तारुढ समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पार्टी एकताको गरेर सही अभियान थाल्दा बदमासहरुले जनतामा भ्रम छरेर बाधा पुर्याउन खोजेको बताएका छन्।

मङ्गलबार सुनसरीको रामधुनी नगरपालिकास्थितपार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले भ्रममा नपरेर सचेततापूर्वक काम गर्न कार्यकर्तालाई निर्देशन दिए । नेता राईले भने,’हामीले निर्माण गरिरहेको समावेशी पार्टीका विरुद्ध खेल्नेहरु छन् । तिनलाई चिरेर अघि बढ्नुपर्दछ । त्यो काम जनस्तरमा गर्नको लागि एक ढिक्का भएर लागौं ।’

सो अवसरमा नेता राईले पार्टीको रामधुनी नगर पार्टी कार्यालय उद्घाटन समेत गरे । पार्टी समायोजन कार्यक्रमपछि रामबहादुर खड्काको अध्यक्षतामा ६५ सदस्यीय रामधुनी नगर समिति चयन भएको छ ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सचिव परशुराम बस्नेत, १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु भूराज राई, पदम अधिकारी, सूर्य राई लगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार