Bal-Umang

Bal-Umang

प्रधानमन्त्री ओलीको भनाइप्रति आपत्ति जनाउँदै नेता राईले भने- ‘संविधान विपरित गरिएकाे विज्ञापन गलत’

झुम्का । सत्तारुढ समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षणविरुद्ध प्रधानमन्त्री केपी ओलीको भनाइप्रति आपत्ति जनाएका छन्।

मङ्गलबार सुनसरीको रामधुनी नगरपालिकास्थितपार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्री ओलीमा आरक्षणविरुद्ध अध्ययनमा कमीको उपज भएको बताए।

उनले भने,’प्रधानमन्त्रीले आरक्षणलाई कसैको भाग खोसेर खाएको रूपमा व्याख्या गर्नु दुखद् र आपत्तिजनक कुरो हो ।’

उत्पीडित समुदायहरुमाथि भएको ऐतिहासिक विभेद् बारे नबुझी देशको प्रधानमन्त्रीले गरेको टिप्पणीले राज्यको विभेदकारी मानसिकता झल्किएको नेता राईले आरोप लगाए।

अहिले देशभर आरक्षण आन्दोलन चलिरहेको भन्दै नेता राईले न्यायका पक्षमा चलेको आन्दोलन भएकोले पार्टीले समर्थन गरेको दावी गरे ।

उनले भने,संविधानमा प्रदत्त हक खोस्ने गरि खोलेको लोकसेवा आयोग विज्ञापन गलत छ।’, ।
नेता राईले परिवारमा कुनै एक बिमारी सदस्यलाई दैनिक भन्सामा पाकेको अतिरिक्त माछामासु, फलफूल खान दिएर छिट्टो तन्दुरुस्त बनाउन केही समय लगानी गरिन्छ । तर यस्तो कार्य दीर्घकालीन रूपमा नरहने भन्दै उनले आरक्षण पनि पछाडि परेका समुदायलाई अब्बल समुदायसँग प्रतिस्पर्धा गर्न सक्षम भएसम्मको लागि मात्रै कायम रहने प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार