वरिष्ठ नेता नेपालद्वारा प्रधानमन्त्री ओलीले एक पद छाड्नुपर्ने अडान

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकका पछिल्ला निर्णयहरुप्रति असहमति जनाउँदै मंगलबार लिखित प्रस्ताव (नोट अफ डिसेन्ट) पार्टीमा दर्ता गराएका छन्।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका हुन् । जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गरियोस् भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार