Bal-Umang

Bal-Umang

उपेन्द्र यादवका सल्हाकारले रबिलाई दिए पार्टी खोल्ने सल्लाह

डा. के.के राइ  359 पटक हेरिएको

डा. के.के राइ

रवि  लामिछानेले छानेको बाटो राज्यको चौथो अंग (मेडिया) ले उनलाई राज्यको पहिलो अंग सम्म पुराउदैन । राज्यको पहिलो र दोश्रो अंग सम्म पुग्न रबिले चौथो अंगको परिधि त्यागेर एउटा छुट्टै राजनीतिक दल खोल्न जरुरी छ

अव फेरि राजा शासन राणा शासन आएको खण्डमा बाहेक, नेपालले हाल अवलम्वन गरेको लोकतान्त्रीक राज्य ब्यावस्थामा राजनीतिक दलहरुको संबैधानिक स्थान हुन्छ । नीति, नियम, कानुन बनाउने ब्यावस्थापिका (संसद) र राज्य संचालन गर्ने, शासन गर्ने कार्यपालिका (मंन्त्री परिषद) जस्ता राज्यका पहिलो र दोश्रो अंगहरु सम्म पुग्न आकांक्षा राख्ने जो कोहि नागरिकले कुनै न कुनै राजनीतिक दलको अनुशासित सदस्य बन्नै पर्ने बाध्यता रहन्छ ।

यद्यपि, संक्रमण कालको समय भएकोले, जताततै, अराजकता, अब्यावस्था, भ्रष्टचार ब्यप्त छ, तर पनि बैज्ञानिक बिश्लेशनमा लोकतन्त्रको बिकल्प लोकतन्त नै हुन्छ, कुनै प्रकारको अधिनायकवाद टिक्दैन । कुसल ब्यावस्थापन खडकेको कुरा यथार्थ हो ।

राज्यको तेश्रो अंग, स्वतन्त्र अंग, न्यायपालिका (न्यायलय, अदालत) को क्षेत्र तर्फ जान चाहने नागरिकले कानुनको अध्ययन गर्नै पर्ने बाध्यता छ ।

सामान्यतया, राज्यको चौथो अंग (जनतालाई सुसूचित गर्ने मेडिया वा पत्रकारिता) मा लाग्ने रबि लामिछाने लगायतका चौथो अंगमा समर्पित पत्रकार बन्धुहरुको गन्तब्य पनि जनतालाई सुचित र सचेत गर्ने चौथो अंगको धर्म निभाउने परिधि सम्म मात्रै हो, राज्य ब्यावस्थाको पहिलो अंग र दोश्रो अंग सम्म पुग्ने बाटो केवल राजनीतिक दलको स्थापना नै हो ।

रबिलाई “प्रधानमन्त्री बनाउन पर्छ“ भन्ने भींडबाट आवाजलाई मुर्त रुप दिने हो भने, उत्तम उपाय रबिले चौथो अंगको परिधि त्यागेर एउटा छुट्टै राजनीतिक दल खोल्न जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार