Bal-Umang

Bal-Umang

अन्तत: नेकपाकाे वरियतामा खनालले मारे बाजी, ट्वाँ परे माधव

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। बैठकले वरिष्ठ नेताको पहिलोमा वरियतामा नेता खनाल र त्यसपछि माधवकुमार नेपालको वरियता रहने गरी निर्णय गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिए। अब उनी पार्टी वयिरतामा चौथो नम्बरमा पुगेका छन्।

पार्टी एकताका समयमा नेता नेपाललाई मात्र वरिष्ठ नेता मानिएकामा नेता खनाल असन्तुष्ट हुँदै आएका थिए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ मा एकता भएको थियो । तत्कालीन एमालेमा नेता खनाल निवर्तमान अध्यक्षका हैसियतले वरिष्ठ नेता थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार