Bal-Umang

Bal-Umang

मधेशका जनतामाथि अझै विभेद, कानुनको ठाडो उलंघन

काठमाडौँ  – समाजवादी पार्टीका सांसद प्रदीप यादवले मधेशका जनतामाथि राज्यले अहिले पनि विभेद गरिरहेको बताए छ। उनले जन्मको आधारमा नागरिकता लिएका(जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको अहिले पनि नागरिकता नदिँदा राज्यले जनतामाथि विभेद गरेको बताए।

उनले कानुनी राज्यमा पनि संविधान नमन्ने सरकार जनताको भरोसा कसरी जित्न सक्छ भन्दै प्रश्न गरे। उनले भने,’सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता राज्यले दिनु पर्छ।’

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जन्मसिद्ध नागरिकका सन्तानलाई कानुन नबनुञ्जेल नागरिकता वितरण गर्ने बाटो खोलिदिन आग्रह गरे । सांसद यादवले संविधानले सबै नागरिकलाई समान भनेपनि व्यवहारमा भेदभाव भएको आरोप लगाए ।

नागरिकता नदिनु आफैमा संविधान र कानुनको उलङ्घन भएको साँँसद यादवको भनाई छ । उनले नागरिकताको अभावमा नागरिकले राज्यबाट प्रदान गरिने सेवा, सुविधाबाट वञ्चित भएको भन्दै ध्यानाकर्षण गराए । नागरिकता जस्तो संवेदनशील विषयमा कानुन बनाउन ढिलो गर्नु र कानुन नबनूञ्जेल सरकारले परिपत्र जारी गर्दा समेत त्यसलाई पटक पटक रोक्ने गरी भएको आदेशले नागरिकहरूलाई थप पिडा पुगेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार