Bal-Umang

Bal-Umang

कलाकार सुभद्रा अधिकारीको निधन

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। शनिबार बिहान उनकै निवास डल्लुमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी  थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार