Bal-Umang

Bal-Umang

रवि लामिछानेका समर्थक र प्रहरीविच झडप, १० सेल अश्रुग्यास प्रहार

काठमाडाैँ – जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । दिनभरी संयमित भएर प्रर्दशन गरिरहेका प्रर्दशनकर्ताले बेलुकी करिब ६ः४५ बजे प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएको उनले बताए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको छ। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललेप्रहरी चौकी बाहिरबाट ठूलो समूहको जमातले चौकीभित्र ढुंगा, मुढा लगायतका बस्तु प्रहार गर्दा प्रहरी घाइते भएको बताए ।उनका अनुसार भीडलाई तितर बितर पार्न चौकीभित्र ढुंगा मुढा प्रहार गर्ने समूहलाई लक्षित गरी प्रहरीले १० सेल अश्रुग्यास हानेको छ।

शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए ।पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार