Bal-Umang

Bal-Umang

रवि लामिछाने र युवराज पक्राउ

काठमाडौं । प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्न रहेको आरोपमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको अपराध महाशाखाका एक अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पुडासैनीले लामिछाने र कँडेलको कारण आफु मर्नु परेको भन्दै हिजो भिडियो सार्वजनिक भएको थियो । मृतक पुडासैनीले नाम लिएका अर्की एक नर्स अस्मिता (रुकु) कार्कीलाई पनि प्रहरीले आज दिउँसो पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार