Bal-Umang

Bal-Umang

मन्त्री राइद्वारा बकर इदको शुभकामना

सहरी विकास मन्त्री  मोहम्मद इस्तियाक राइले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गरी उनले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गरे।

‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’,उनले भने।

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार