Bal-Umang

Bal-Umang

दुई युवा खोलामा डुबेर बेपत्ता, स्काभेटरमा आगजनी

धादिङ– गजुरी गाउँपालिमा दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्थानीयवासीले स्काभेटरमा आगजनी गरेका छन्। उक्त गाउँपालिका वडा नम्बर ६ स्थित रहेको दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएपछि स्थिती तनावित भएको थियो।

पछिल्लो समय खोलामा बालुवा गिट्टीको निकासी तथा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको आरोप लगाएउँदै आक्रोशित स्थानीयले स्काभेटरमा आगजनी गरेका हुन्।

खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा स्थानीयबासीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धदिङ्ले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार