Bal-Umang

Bal-Umang

सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वोच्चले झिकायाे

काठमाडौं– व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल सर्वोच्च अदालतले झिकाएको छ। विहीबार सम्पत्ति शुद्धिकरणको विषयमा उनीमाथि अनुसन्धान गरिएको फाइल विभागबाट अदालतले मगाएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले उक्त फाइल मगाएकाे हाे।

सुमार्गीले नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धिकरणको विषयमा गरेको अनुसन्धानको फाइल मगाएको हो। नेपाल राष्ट्र बैंकले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइल मगाइएको हो।

सो विषयमा सर्वोच्च अदालतमा दुई बर्षदेखि मुद्दा विचाराधिन छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको छ। आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वोच्च अदालमा पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार