बधाई दिने क्रममा पर्यटनमन्त्रीको ‘भाइरल’ भयो यस्तो तस्बिर

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बधाई र शुभकामना दिने क्रममा हेर्दा अनौठो लाग्ने एक तस्बिर अहिले सामाजिक संजालमा भइरल भएको छ।

उक्त भइरल तस्बिरको बारेमा प्रष्ट पार्न मन्त्री भट्टराईले बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरे।उनले कार्य व्यस्तताका कारण आजबाट शुभकामना तथा बधाईका लागि समय उपलब्ध गराउन नसक्ने भन्दै आगामी दिनमा सल्लाह र सुझावका लागि सम्पर्क गर्ने पनि बताएका छन्।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर अन्यथा ढंगले गलत प्रचार गरिएको भन्दै आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका हुन्। मन्त्री भट्टराईले आमनागरिकको विश्वास र भरोसालाई टुट्न नदिने गरी सबैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा पुग्ने समेत विश्वास दिलाएका छन्। पर्यटनमन्त्री भट्टराईलाई एक महिलाले बधाई तथा शुभकामना दिने क्रमको एउटा तस्बिर ‘भाइरल’ भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार