Bal-Umang

Bal-Umang

समाजवादी पार्टीका नेतामाथि गाेली प्रहार, आन्दाेलनकाे चेतावनी

समाजवादी पार्टी नेपालका जिल्ला नेतामाथि गोली प्रहार भएको छ। लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत सुद्दोदन गाउँपालिकाको टिटिरिहया नजिकै साेही गाउँपालिका–५ बिचौवापुरका ४० बर्षीय समाजवादी पार्टीका नेता राम नारायण यादवमाथि बिहीबार गोली प्रहार भएको हो।

गोली उनको बायाँ हातको पाखुरामा लागेको छ। यादव समाजवादीका जिल्ला कार्य समति सदस्य हुन्। गोली प्रहारबाट घाइते भएका यादवको तौलिहवा अस्पतालमा उपचारपछि उनी अहिले समाजवादीको तौलिहवास्थित कार्यालयमा रहेका छन्।

लु १९ प ४४४३ नम्बरको मोटरसाईल चढेर लुम्बिनीबाट तौलिहवा जानेक्रममा उनीमाथि गोली प्रहार भएको हो। आधा दर्जनको संख्यामा रहेका व्यक्तिहरुकाे समूहले आफुमाथि गोली चलाएको यादवले बताए। घाइते यादवले आफुमाथि गाउँपालिका– ५ शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी, वडा नम्बर ४ बिठुवाका अनिल चौधरीलगायतका आधा दर्जनको समुहमा रहेको टोलीले गोली चलाएकाे बताए।

यता समाजवादी पार्टीले आफ्नो जिल्लास्तरीय नेतामाथि गरिएको गोली प्रहारको निन्दा गरको छ। पार्टी जिल्ला अध्यक्ष शैलेन्द कुमार यादवले विज्ञप्ति निकाल्दै गोली प्रहार गर्नेलाई तत्कालै पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन्। प्रहरीले दोषीलाई पक्राउ नगरे आफुहरु आन्दोलनमा जाने चेतावनी समेत अध्यक्ष यादवले दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार