Bal-Umang

Bal-Umang

३ करोड नेपालीको ६ कराेड हातलाई हामी समृद्धिमा लगाउँछै, नेकपाले जनतालाई समृद्धि भनेर झुक्कायो : वरिष्ठ नेता राई

सत्तारुढ दल समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सरकारको मुख्य बागडोर सम्हालेको नेकपाले तीन करोड नेपाली जनताको छ करोड हातलाई समृद्धिमा ल्याउन नसक्ने बताएका छन्।

विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका नव प्रवेशीको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथितीको रुपमा रहेका नेता राई भने, ‘नेकपाले समृद्धिको गीत गयो तर जनताले पत्याउन सकेनन्’

उनले ठुला भनिने पुराना पार्टीले यो देशलाई समृद्धि तर्फ लान नकिने बताए। यो समाज अझै मनु स्मृतिको समाजिक ढोकामा रहेको र अहिले पनि पुराना पार्टी यो भन्दा माथि उठन नसकेको उनले बताए।

उनले भने, ‘अब हाम्रो पार्टी नयाँ विकल्प दिने र तीन करोड मानिसकोे ६ करोड हातलाई यो देश निर्माण गर्ने वतावरण बनाउन हामी लागि परेको छौँ।’

त्यस्तै कार्यक्रममा विशिष्ठ अथितीको रुपमा रहेका पार्टी उपाध्यक्ष युवराज कार्कीले शुसासन,पहिचान, समुन्नत संघीय समाजवादी पहिचानलाई निश्कर्षमा नपुर्याइ समृद्धि नआउने बताए।’z
उनले भने, ‘समाजिक, सांस्कृतिक लोकतन्त्र बिना राजनीति र आर्थिक लोकतन्त्रले विभेद, उत्पीडनमा परेका समुदायलाई यो स्वतन्त्राताले केही प्राप्ती हुँदैन।’

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता केशव दहालले गरेको थिए । कार्यक्ममा अथिती उपमहासचिव प्रकाश, डा. के.के राई, लक्ष्मण हुमागाई र सन्तोष सिलवाल रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार