Bal-Umang

Bal-Umang

नेकपामा इन्चार्ज र सह इन्चार्जको टुंगो लगाइयाे(नामसहित)

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगर गरी ८३ स्थानकाे इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको बताए।

उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे। बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, बुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार