Bal-Umang

Bal-Umang

टुंगियो नेकपाको एकता प्रक्रिया

लामाे समयदेखि राेकिएकाे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ। एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको नेकपाका महासचिव विष्णु पौडेलले बताए एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा भएकाे लामो छलफलपछि एकता प्रक्रिया टुंगियो हाे।

‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ। सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ।’

उनले एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको बताए। यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार