Bal-Umang

Bal-Umang

एक महिनाको तलब दिने घोषणा

वीरगन्ज – तीन दिनदेखि परेको अबिरल वर्षाका कारण  विस्थापित बाढीपीडितहरुको सहयोगका लागि प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।

उनले त बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ राहत कोषमा जम्मा तलबा जम्मा गर्ने घोषणा गरे । उनले राहत स्वरुप तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने बताए।

यस प्राकृतिक विपद्को घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागी आ—आफनो ठाउँहरुबाट झन् सहयोग गर्न उनले आग्रह समेत गरेका छन् । आफनो धनमाल सबै गुमाई सकेका बाढी पीडितहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यथाशीघ्र राहतको व्यवस्था गर्न समेत सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् । लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार