Bal-Umang

Bal-Umang

मुख्यमन्त्रीको सुरक्षा निकायलाई राहत वितरणमा जुट्न निर्देशन

जनकपुरधाम – अबिरल वर्षाका कारण आएको बाढीबाट प्रदेश नं २ मा मनाविय क्षतिसहित भौतिक क्षति भएको छ। बाढीबाट विस्थापितको व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसँग वृहत छलफल गरेका छन् ।

उद्दारपछि राहत वितरण कार्यलाई प्रभावकारी तरिकाले अगाडि बढाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।छलफलमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।प्रदेश सरकारले राहत वितरणको लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०÷१० लाख, मृतक परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने निर्णय यसअघि गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार