Bal-Umang

Bal-Umang

समाजवादी पार्टीद्वारा उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन

काठमाडाैँ – सत्तारुढ दल समाजवादी पार्टी नेपालले बाढी पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

समाजवादी पार्टी नेता तथा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव र प्रदेश २ अध्यक्ष विजयकुमारले छु्ट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।

विज्ञप्ती जारी गरी पीडितलाई धैर्यधारणगरी सजगता अपनाउन तथा पार्टी कार्यकर्तालाई सहयोग, उद्धार तथा राहत कार्यमा पूर्ण रुपमा लाग्न निर्देशन दिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार