Bal-Umang

Bal-Umang

प्रदेश २ को सरकारद्वारा मृतक परिवारलाई तीन लाख दिने निर्णय

काठमाडाैँ – प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई अर्थिक क्षतिपूर्ति निर्णय गरेको छ। सरकारले सहयोग स्वरुप पीडित परिवारलाई तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले राहत दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बताए।

तीन दिनदेखि भइरहेको अविरल वर्षाको कारण प्रदेश २ का जिल्लाहरुमा कटान, डुबानसंगै मानवीय क्षति हुन थालेको हो। बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार