Bal-Umang

Bal-Umang

राजधानीमा जापानी पर्यटकमाथि खुकुरी प्रहार

काठमाडौँ – काठमाडौँमा जापानी पर्यटकमाथि आक्रमण र लुटपाट भएको छ।शुक्रबार काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको दुई लाख लुटपाट भएको हो।

उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ।घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार