Bal-Umang

Bal-Umang

सरकारविरूद्ध मसाल जुलुस गर्ने १४ विद्यार्थी नेता पक्राउ

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गर्नेक्रम १४ विद्यार्थी नेता पक्राउ परेका छन्। भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रने तरकारी तथा फलफूलमा हुने विषादी नाकामा परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले चरणवद्ध आन्दोलनका कर्यक्रम अन्तर्गत बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गर्ने क्रमा उनीहरु पक्राउ परेका हुन्।

सरकारविरूद्ध नाराबाजी गर्दै नेविसंघले बालाजुमा मसाल जुलुस निकालेको थियो। मसाल बोकेर प्रदर्शनमा उत्रिएका नेविसंघका सुशील भट्ट, सुवास घिमिरे, पवन थापा, निरञ्जन थापा, विजय ढुंगाना, सुदीप अधिकारी, मनोज राना, सौरभ घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीपजंग शाह, उत्सव अवस्थी, अमृत लामिछाने, अनिल मर्हजनलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार