Bal-Umang

Bal-Umang

सुरक्षित नागरिक आवास कार्यक्रम सुरु

नेपालगन्ज, – देशभरका करिब २० हजार विपन्न परिवारको लागि ल्याइएको सुरक्षित नागरिक आवास कार्यक्रमको शुरुवात भएको छ। विपन्न परिवारका घरलाई फुसरहित बनाउने उदेश्यले संघीय सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रमको शुरुवात बाँकेबाट भएको हो।

नेपालगन्जमा आइतवार आयोजना गरिएको एक औपचारिक कार्यक्रममा संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले बाँके क्षेत्र नम्बर २ का विपन्न परिवारलाई जस्तापाता पाउने प्रमाणपत्र वितरण गरेर सो कार्यक्रमको शुरुवात गरेका छन्। मन्त्री राईले बर्सेनी डढेलोबाट पिडित तराई मधेशका हजारौं विपन्न परिवारलाई जस्तापाता सहयोग गरेर उनिहरुका घरलाई फुसरहित बनाउने उदेश्यले सहरी विकास मन्त्रालयले यो सुरक्षित नागरिक आवास कार्यक्रम लागु गरेको बताए।

सो कार्यक्रमका लागि एक अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको उनले बताए। उनले भने,’यस कार्यक्रमबाट धेरै परिवारलाई डढेलोको चपेटाबाट जोगाउन सकिने छ।’ आागामी आर्थिक बर्षमा सो कार्यक्रम अन्तर्गत बाँके जिल्लाका दुई हजार सात सय विपन्न परिवारलाई जस्तापाताका लागि प्रतिपरिवार ५० हजाार रुपैयाँ सहयोग गरेर उनीहरुका घरलाई फुसरहित बनाइने छ ।

बाँकी रहेका परिवारलाई अर्को बर्षको कार्यक्रममा समेटिने मन्त्री राईले स्पष्ट पारे। सो अवसरमा समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई, नेपालगन्ज उपमहानगर १ का वडा अध्यक्ष प्रमोद रिजाल र डुडुवा गाउँपालिकाका ४ वडा अध्यक्ष सगीर खाँ लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार