Bal-Umang

Bal-Umang

सर्वोच्चको निर्णयले ओली सरकारलाई झट्का!

काठमाडौं– सर्वोच्च अदालतलेसरकारको विषादी परीक्षण नगर्ने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।  सरकारले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय केही दिन अघि गरेको थियो।

बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिएको हो। मन्त्रिपरिषदको असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अब दुबै पक्षलाई बोलाएर छलफल गरी टुंगो नलागेसम्म निर्णय कार्यान्वयन हुने छैन्।

सरकारले शुरु विषादी परिक्षण गर्ने निर्णय गरेपनि उक्त निर्णयबाट पछि हटेको थियो। विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध तीन वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार