Bal-Umang

Bal-Umang

प्रदेश २ आर्थिक क्षेत्रमा छलाङ मार्दै, प्रदेश सरकारको यस्तो छ तयारी

जनकपुरधाम – प्रदेश नं. २को सरकारले प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन गृहकार्य थालेको छ। सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने गृहकार्य थालेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवको पहलमा प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना गर्ने गृहकार्य थालेको मन्त्रीका स्वाकीय सचिव अजय यादवले बताए। मन्त्री यादवले प्रदेशलाई आर्थिक रुपले मजबुत बनाउन अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको स्वष्ट पारे।

बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा। विरेन्द्र मिश्र, राष्ट्रबैंक जनकपुरको प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन ।

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तैयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएको छ ।कार्यदलका संयोजक डा। हरिवंश झाले अवधारणा पत्र माथिको छलफल शुरु भै सकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार