Bal-Umang

Bal-Umang

प्रधानमन्त्री ओली विष्णु रिमालसँग स्पष्टिकरण लिने तयारीमा, अब के हाेला?

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेको ट्वीटको सर्वत्र आलोचना भएपछि स्पष्टिकरण लिने तयारी भएको छ। उनले पदीय मर्यादा बिर्सेर निम्नस्तरको ट्वीट गरेको भन्दै उनको आलोचना भएको हो । सरकारको आलोचना गर्नेहरुतर्फ इ‌ंगित गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘छौँडा’ शब्द प्रयोग गरेर ट्वीट गरेपछि प्रधानमन्त्री स्वयमले स्पष्टिकरण लिने तयारीमा जुटको बालुवाटार स्रोतले बताएको छ।

उनले ट्वीटमा लेखेका छन् स् ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दु:ख दिन्छन् १ यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

आइतबार बिहान ६ बजेर २५ मिनेटमा पोस्ट भएको उनको यो ट्वीटमा धेरैले कमेन्ट गर्दै प्रधानमन्त्रीको सल्लाहकारजस्तो मानिसबाट यस्तो निम्नस्तरको अभिव्यक्ति आउनु लाजमर्दो मात्रै नभई दयालाग्दो समेत रहेको र यस्ता सल्लाहकारले कसरी असली सल्लाह दिन सक्छन् भन्ने प्रश्न उठाइएको छ ।

पछिल्लो समय सरकारको आलोचना बढिरहेको छ । पार्टीभित्र र बाहिरबाट चर्को आलोचना हुन थालेपछि सरकार समस्यमा परेको छ । तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने सरकारका गलत कामको आलोचना गर्नेलाई लक्षित गर्दै निम्नस्तरको शब्द प्रयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार