Bal-Umang

Bal-Umang

‘प्रधानमन्त्रीकाे दाेहराे चरित्र देखियाे’

काठमाडाैँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकाे दाेहराे चरित्र देखिएकाे टिप्पणी गरेका छन्।

उनले ओलीलाइ हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको समेत व्यंग्य गरे। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो। विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ती गर्नुहुन्छ।’

उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ’, उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार