Bal-Umang

Bal-Umang

मनाेज पाण्डे पैसा कमाउन अपनाए यस्ताे हतकण्डा, मन्त्रालय नै अतंकित

काठमाडौं – ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमका प्रस्तोता मनोज पाण्डेका कारण सिंहदरबारका अधिकांश मन्त्रालय त्रसित भएकाे छ। पाण्डेले अहिले प्रधानमन्त्रीसँग गर्ने गरेको त्यही टेलिभिजन कार्यक्रमलाई देखाई मन्त्रालयहरुमा आतंक सिर्जना गरेका हुन् ।

उनले मन्त्रालयको डकुमेन्ट्री बनाउनु परेको र त्यो प्रधानमन्त्रीसँगको कार्यक्रममा देखाउनु पर्ने भन्दै पहिले हरेक जसो मन्त्रालयमा डकुमेन्ट्री प्रस्ताव गर्ने गरेका छन् । त्यसपछि भने डकुमेन्टी बनाए बापतको रकम भुक्तानी गर्न भन्दै मन्त्रालयहरुमा बिल पठाउने गरेका छन् ।

आफै प्रस्ताव पठाउने, आफै डकुमेन्टी बनाउने र आफै त्यसको मूल्य निर्धारण गरेर चर्काे बिल पठाउने काममा पाण्डे लागेको एक मन्त्रालयका कर्मचारी बताउँछन् । सामान्य डकुमेन्टीको पनि उनले मन्त्रालयहरुमा बिल असाध्यै चर्काे पठाउने गरेका कारण पनि मन्त्रालयका मन्त्री देखि कर्मचारीसम्म आतंकित हुन थालेका छन् । पाण्डेले भूमिसुधार मन्त्रालयमा मात्रै पनि २५ लाखको बिल पठाएका छन् । ‘नदिऊ वा कुनै प्रतिवाद गरौं, प्रधानमन्त्रीसँग जोडेर आउँछन्, दिऊ मनलाग्दी रेट आफैले तोकेर बिल आउँछ,’ भूमिसुधार मन्त्रालयका एक कर्मचारीले भने ।

त्यसो त पाण्डेले उक्त टेलिभिजन कार्यक्रम पनि निजि कम्पनीबाट प्रायोजन गरी सञ्चालन गरेका छन् । कार्यक्रम उत्पादन कम्पनी पाण्डेको नीजि कम्पनी हो । देशको प्रधानमन्त्रीसँग गरिने साक्षात्कार त्यो पनि सरकारी टेलिभिजनमा नीजि कम्पनीमार्फत सञ्चालन गर्ने काम आफैमा विवादास्पद छ । प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याएर उनले झण्डै ५÷१० मिनेटको विज्ञापन बझाउँछन् । विज्ञापनको दर रेट पनि असाध्यै महँगो राखेर उनले पैसा असुली रहेका छन् । उनको यो धन्दाले अहिले सिंहदरबार पुरै हल्लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार