Bal-Umang

Bal-Umang

प्रचण्डको बोलीमाथि मन्त्री खनालको गोली, अब के गर्छन ओली?

काठमाडाैँ – सत्तारूढ दल नेकपाका द्धय अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीबीच भएको कुराकानीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले झुठो साबित गर्ने तवरले अभिब्यक्ति दिएका छन्।

उनले तत्काल मन्त्रिमण्डल परिवर्तन नहुने बताइरहेका बेला यसअघि नै असार पहिलो साता कास्कीमा प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका थिए।

मन्त्री खनालले मन्त्रीहरू हेरफेर हुने भनेर अनावश्यक हल्ला फैलाइएको दावी पनि गरे। बुटवलमा रिपोर्टर्स् क्लबले मंगलबार गरेको साक्षात्कारमा मन्त्री खनालले कामकै कारण हटाउनुपर्ने कुनै मन्त्री नरहेको जिकिर गरे।

उनले घुमाउरो शैलीमा भने,प्रधानमन्त्रीले चाहेमा मन्त्री फेर्न सक्नु हुन्छ तर कार्य क्षमतामाथि प्रश्न गर्ने कुनै औचित्य छैन्।
स्राेतका अनुसार यता प्रधानमन्त्री अाेली मन्त्रिमण्डल पुर्नगठनकाे तयारीमा छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार