Bal-Umang

Bal-Umang

‘सरकारले भ्रष्टाचार गर्ने वातावरण बनायो, मन्त्री तथा नेता कमाउ धन्दामा लागे’

काठमाठाैँ – समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले बर्तमान दुई तिहाइको सरकारले अनियमितता नियन्त्रण गर्ने संस्थालाई नियन्त्रणमा लिएर भ्रष्टाचार गर्ने वातावरण बनाएको बताएका छन्।

संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीको गण्डकी प्रदेश समिति समायोजन घोषणा सभामा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकारले देशलाई विश्वकै पिछडिएको राज्य बनाउने दावी गरे।

उनले भने, दुई तिहाईको नाउँमा अहिलेको सरकारले लुटतन्त्र मच्चाएको छ भने मन्त्री तथा नेता कमाउ धन्दामा लागे।

वर्तमान सरकार र ठूला दलहरुबिरुद्ध कडा रुपले प्रस्तुत भएका उनले केपी ओली नेतृत्व सरकारको सम्मृद्धि र विकासको नारा नारामै सीमित रहने उद्घोष समेत गरे। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कमाउ धन्दामा लागेकाहरुलाई कुनै कारवाही नभएको भन्दै अनियमितता नियन्त्रण गर्ने संस्थालाई समेत सरकारले आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचार गर्न छुट दिएको बताए।

नश्लीय चिन्तन भएका नेपाली कांग्रेस र नेकपाजस्ता पार्टीले हिमाल, पहाड र तराईका उत्पीडित र पछि पारिएको वर्गलाई समेटेर लान नसकेको बताउँदै उनले विकल्पमा समाजवादी पार्टी स्थापना भएको दावी पनि गरे। उनले पहिचानको मुद्धामा टेकेर पार्टी अगाडि बढ्ने दोहोर्‍याए। नेता भट्टराइले आफ्नो पार्टी दिगो शान्ति, सुशासन, समृद्धि र समाजवादको बाटोबाट अगाडि बढ्ने जानकारी दिए।

उनले आउँदो चुनावमा समाजवादी पार्टीले ठूलै धक्का दिने बताउँदै विचार मिल्ने अन्य पार्टीहरुसँग समेत एकता गरिने बताए। सो अवसरमा भट्टराईले समाजवादी पार्टी नेपाल प्रदेश नं ४ गण्डकी समितिका अध्यक्ष मोती रिजालको अध्यक्षतामा गठित ५३ सदस्यीय समितिका पदाधिकारीलाई पार्टीको सपथ खुवाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार