Bal-Umang

Bal-Umang

नेकपाका जिल्ला सदस्यसहित आधा दर्जन नेताहरु समाजवादी पार्टीमा प्रवेश

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खोटाङ जिल्ला कमिटि सदस्य कृष्ण थापासहित आधा दर्जन नेताहरू समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

खाेटाङ जिल्ला संवाददाताले दिएकाे जानकारीअनुसार थापासहित पदम थापा, दिलबहादुर क्षेत्री, सर्वधन राई र प्रेम थापा पनि नेकपा परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको समायोजन गर्ने उद्देश्यले शुक्रबार दिक्तेल बजारमा आयोजित कार्यक्रममा उनीहरु समाजवादीमा प्रवेश गरेको समाजवादी पार्टीका नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का अध्यक्ष निर्मल राईले जानकारी दिए । उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरिएको नेता राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार