Bal-Umang

Bal-Umang

अन्तत: अख्तियारले ललिता निवास प्रकरणमा बयानका लागि बाेलायाे ८६ जनालाई(नामसहित)

काठमाडौं – पछिल्लो समय ललिता निवासको सरकारी जग्गाको विषयलाई लिएर सडकदेखि संसदसम्म जोडदारको रुपमा कुरा चलेको थियो।
सोही जग्गाको विवादमा परेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयानका लागि सूचना जारी गरेको छ।

बुधबार आयोगले एक दैनिक पत्रिकामा सूचना जारी गर्दै ८६ जनालाई बयानको लागि बोलाएको हो। नाति महर्जनसमेतको नाउँमा ८६ जनालाई बयानको लागि सात दिने म्याद दिइएको हो।

२०६२ सालमा व्यापारी मीनबहादुर गुरुङ तथा छानबिन समितिले भूमाफिया किटान गरेका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले उक्त जग्गा सस्तोमा किनेका थिए। पछि मन्त्रिपरिषद्, मुख्य सचिव, सचिव, मालपोत कर्मचारीलगायतलाई प्रभावमा पारी भूमाफिया र व्यापारीले बालुवाटारको जग्गा प्लटिङ गरेर नेकपा महासचिव विष्णु पौडेलसहित आधा दर्जन व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत पहुँच र प्रभाववालालाई बेचेका थिए।

अहिले बालुवाटारको हडपिएको सो जग्गामा सयभन्दा बढी व्यक्ति भोगाधिकारी छन्। कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्, त्यसबेलाका मुख्य सचिव, भूमिसुधार र भौतिक मन्त्रालयका सचिवदेखि भूमिसुधार विभाग, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलगायतको संलग्नता ललितानिवासको जग्गा प्रकरणमा खुलिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार