Bal-Umang

Bal-Umang

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ’

काठमाडौं – उपप्रधान एवम् स्वास्थ्य तथाब जनसंख्या मन्त्री उपेन्द्र यादव ले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई रोक्न सक्ने कानुनी व्यवस्था नभएको स्पष्ट पारेका छन्।

‘विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान छैन, व्यवस्था पनि छैन,’ अाजकाे प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’

उपचारका लागि विदेश जाने प्रचलन देखिएको भए पनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि संभव भएको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे। सांसदहरूले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठूलो रकम खर्च भएको भन्दै सांसदहरूले मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले स्वास्थ्य मन्त्रालयअन्र्तगतका कर्मचारी समायोजनको समस्या चाँडै समाधान गर्ने प्रयास भइरहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार